आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता

  • नेपाल राष्ट्रिय दैनिक
  • September 16, 2022
voting

निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै मतदाताहरुको अन्तिम नामावली.मतदान स्थल र मतदान केन्द्रहरुको विवरण सार्वजनिक गरेको छ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनको लागि आयोगले १० हजार ८९१ मतदानस्थल अन्तर्गत २२ हजार २२६ मतदानकेन्द्र रहने आयोगले जनाएको छ। आयोगका अनुसार ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष तथा १८५ जना अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताहरूको अन्तिम मतदाता नामावली स्वीकृत गरिएको छ।

nirwachan aayog
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५