गभर्नरले स्पष्टिकरण सरकारलाई दिने हो कि, कुनै अमुक दलबाट सफाई दिन लगाउने ?

  • नेपाल राष्ट्रिय दैनिक
  • July 14, 2022
Mahaprasad Adhikari Leeter to the Party CPN UML Cover 1024x458 1



पार्टीको विभागीय सदस्य भएर गभर्नर पदको दुरुपयोग गरेको भन्दै माओवादी केन्द्र र सत्तारुढ दलका सांसदहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रशाद अधिकारीको राजिनामा मागेपछि चुलिएको एम अधिकारी प्रकरणमा गभर्नर र नेकपा एमालेले स्पष्टिकरण दिएका छन्।

एकातिर महाप्रशाद अधिकारीले,एमालेको अर्थ विभाग अन्तर्गत सार्वजनिक एम अधिकारी आफु नरहेको र सो प्रकरणले भ्रम सिर्जना गरेको भन्दै यस बारेमा स्पष्ट पारिदिन नेकपा एमालेको सचिवलाई सम्बोधन गरेको पत्र लेखेका छन् भने, अर्कोतिर नेकपा एमालेका सचिव भिष्म अधिकारीले, तपाई महाप्रशाद अधिकारी नेकपा एमालेको अर्थ विभागमा उल्लेख गरिएको एम अधिकारी नभएको स्पष्ट गर्दछु भनेर पत्रको जवाफ दिएको छ।

यधपी विभागमा उल्लेख गरिएको एम अधिकारी को हो भन्ने कुरा भने अहिले सम्म खुलाइएको छैन।

सबैभन्दा अचम्मको कुरा नेपाल राष्ट्र बैंकको गभर्नरले स्पष्टिकरण सरकारलाई बुझाउने हो कि, प्रमुख प्रतिपक्षी दललाई सफाई दिन लगाउने ? आफु सम्बन्धित दलको कुनै विभागमा नभएको आफुलाई थाहा हुने कुरामा, एकिन भएको खण्डमा कुनै अमुक राजनीतिक दललाई समर्थनमा लिएर स्पष्ट पारिदिनुपर्यो भनेर पत्र लेख्ने कि सरकारको सम्बंधित निकायलाई आफु सो पार्टीको अर्थ विभागमा उल्लेख गरिएको एम अधिकारी नभएको भनेर जानकारी गराउने? आवश्यक ठानेको र आशंका लागेको खण्डमा सरकारले आफै सम्बन्धित दलसंग त्यतिखेर जानकारी माग्ने हो। तर संसदमा २-४ जना सांसद उफ़्रिएर राजिनामा माग्यो भन्दैमा, राज्यको एउटा उच्च ओहोदामा बसेको व्यक्तिले सरकारलाई स्पष्टिकरण दिनुको सट्टा कुनै राजनीतिक दलबाट सफाई खोज्नु भनेको चोरको खुट्टा काट भन्दा खुट्टा उचाले जस्तो गर्नुले यस विषयलाई झनै शंकातर्फ धकेलेको छ। गभर्नर आफैले सरकारको सम्बन्धित निकायलाई एस घटनाबारे स्पष्ट जानकारी गराउने हो कि, कुनै एउटा अमुक राजनीतिक दललाई आफ्नो पक्षमा सफाई दिन लगाउने हो ?

नेकपा एमालेले अहिले स्पष्टिकरण दिएर एम अधिकारी गभर्नर महाप्रशाद अधिकारी नभएको बताए पनि वास्तविक एम अधिकारि को हो भन्ने कुरा खुलाएको छैन। यो बिचमा गभर्नरले हतारिएर कुनै एउटा राजनीतिक दलबाट आफ्नो सफाई खोज्दै गर्दा भोलि कहिँ कतै एम अधिकारी नामको बुख्याँचा खडा भयो भने पनि आश्चार्य नमान्दा हुन्छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५