क्रिकेटर सन्दीप लामिछाने विरुद्ध जबरजस्ती करणीको अभियोगमा प्रहरीमा उजुरी

  • नेपाल राष्ट्रिय दैनिक
  • September 7, 2022
sandeep lamichhane rape accused

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको अभियोगमा प्रहरीमा उजुरी परेको छ ।

लामिछानेविरुद्ध १७ वर्षकी नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार पिडित लामिछानेको फ्यान रहेको र उनीहरुबीच स्न्याप्च्याटमा कुराकानी हुने गरेको र सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेपछि लामिछानेले उनलाई घुमाउन नगरकोट लिएर गएको बताइएको छ। उनले काठमाडौँको एक होस्टेलमा बस्दै आएकी पिडितले होस्टल राति ८ बजे बन्द हुने बताएपनि उनीहरु नगरकोटबाट फर्किंदा राति अबेर भैसकेको थियो। फर्किएर काठमाडौँ आएका लामिछानेले राति उनलाई एक होटलमा राखेको र जबर्जस्ति करणी गरेको बताइएको छ। यो घटना भाद्र ५ गतेको हो र घटना भएको भोलिपल्टै लामिछाने टी–२० सिरिज खेल्न केन्या गएका थिए ।

जाहेरीका आधारमा पीडितको विस्तृत स्वास्थ्य परीक्षणसमेत भइसकेको र घटनास्थलबारे अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।

https://nepalrastriyadainik.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2-%e0%a4%af%e0%a5%8c%e0%a4%a8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५