यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १५ अगस्टमा अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने युद्धको भविष्यबारे वार्ताअघि कुनै पनि भूभाग रूसलाई नदिने स्पष्ट गरेका छन्।
यो अभिव्यक्ति ट्रम्पले युद्ध अन्त्यका लागि “केही भूभाग साटासाट” हुन सक्ने बताएका केही दिनमै आएको हो। २०२२ फेब्रुअरीमा रूसको पूर्णस्तरीय आक्रमणपछि सुरु भएको संघर्षमा दुबै पक्षका हजारौं सैनिक मारिएका छन्। ट्रम्पले यस्ता सम्झौताले दुवै पक्षलाई लाभ पुर्याउने दाबी गरे पनि विस्तृत विवरण दिएका छैनन्।
टेलिग्राममा जेलेन्स्कीले भने, “यूक्रेनीहरूले आफ्नो भूमि कब्जाकर्तालाई दिने छैनन्।” उनले शान्तिका लागि यूक्रेनको सहभागिता अनिवार्य भएको जोड दिँदै संविधानले पहिल्यै भू–अखंडता परिभाषित गरिसकेको र यसबाट विचलित हुन नसकिने बताएका छन्।
ट्रम्पमाथि प्रत्यक्ष आलोचना नगरे पनि जेलेन्स्कीको भनाइ स्पष्ट थियो — भूभाग त्यागेर शान्ति स्वीकार्य छैन र यसले केवल रूसको आक्रमणलाई पुरस्कार दिनेछ। उनले चेतावनी दिए, यूक्रेनबिनाका कुनै पनि सम्झौता “शान्तिका विरुद्ध” हुनेछ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्