२४ घण्टा नबित्दै आफ्नो अडान बाट पछि हट्यो वायुसेवा सञ्चालक संघ

  • नेपाल राष्ट्रिय दैनिक
  • June 22, 2022
parked domestics aircraft at TIA 01

वायुसेवा सञ्चालक संघले ५ बुंदे माग राख्दै आजदेखि नियमित र आकस्मिक तर्फका सम्पूर्ण उडान बन्दे गर्ने चेतावनी दिएको २४ घण्टा नबित्दै आफ्नो अडान बाट पछि हट्न बाध्य भएको छ।

नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालक संघलाई कारवाही गर्ने र उडान अनुमति समेत खारेज गर्ने चेतावनी दिएपछि वायुसेवा सञ्चालक संघ र नागरिक उड्डयन प्राधिकरणबीच हिजो रात अबेरसम्म भएको वार्तामा हवाई सेवा नियमित रुपमा अघि बढाउने सहमति भएको थियो। सहमति अनुसार आज बिहान ११ बजेदेखि नियमित उडान सेवा सुचारु रहनेछ।

त्रिभुवन विमानस्थलमा बढ्दो चापका कारण उडान, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ, नेभिगेसनलगायतका समस्या बढेको भन्दै प्राधिकरणले रातिको समयमा ३८ हेलिकोप्टरमध्ये २१ वटा काठमाडौं र १७ वटा बाहिर तथा ५२ हवाईजहाजमध्ये १७ वटा काठमाडौं र ३५ वटा काठमाडौँ बाहिरका विमानस्थलमा राख्न निर्देशन दिएको थियो । हेलिकोप्टर कम्पनीलाई ७ असार र हवाईजहाज कम्पनीलाई १३ असारदेखि सो नियम लागुहुने गरि प्राधिकरणले उपत्यकाबाहिर १० वटा विमानस्थलमा तयारि समेत अगाडि बढाएको छ।

प्राधिकरणको यहि नियमले असन्तुष्ट बनेको वायुसेवा सञ्चालक संघले ५ बुंदे माग राख्दै आजदेखि नियमित र आकस्मिक तर्फका सम्पूर्ण उडान बन्दे गर्ने चेतावनी दिएको थियो। जब कि अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ दफा (३) को उपदफा (१) अनुसार हवाई सेवालाई अत्यावश्यक सेवामा समावेश गरेर हडताल गर्न निषेध गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५