नेपालको हवाई प्रतिबन्ध फुकुवा गर्न मन्त्री आले र युरोपेली राजदूतबीच छलफल

  • नेपाल राष्ट्रिय दैनिक
  • १३ जेष्ठ २०७९, शुक्रबार ०७:१६
eu meeting prem ale

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र युरोपेली राजदूत नोना डेप्रेज़बीच युरोपेली संघको सुरक्षा सूचीबाट नेपालमाथि लगाइएको हवाई प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको छ। छलफलको क्रममा मन्त्रि आलेले नेपालमाथि लगाइएको हवाई प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्नुभएको हो।

विगतको तुलनामा नेपालको उड्डयन क्षेत्र अहिले सुरक्षित रहेको र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेका आठ विधा अन्तर्गत सुरक्षा कार्यान्वयनको सवालमा नेपाल ७०.१ प्रतिशत अङ्कको साथ औसतभन्दा माथि रहेको स्मरण गराउँदै मन्त्री आलेले हवाई प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्नुभएको हो ।

नेपालको उड्डयन क्षेत्रमा कमजोर सुरक्षाको कारण देखाउँदै आठ वर्षअघि ईयूले नेपालको अन्तराष्ट्रिय हवाई उडानलाई कालोसूचीमा राख्दै युरोपिली मुलुकमा उडान भर्न प्रतिबन्ध लगाएको थियो। तर, आइसिएओले नेपालमाथिको प्रतिबन्ध यसअघि नै फुकुवा गरिसक्दा पनि नेपाली पाइलटलाई अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न थप योग्यता र तालिमको माग राख्दै उडानको अनुमति भने दिएको छैन । यता नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले भने नेपालले पाइलटको तालिम र योग्यताको व्यवस्था गरेको बताउनुभएको छ।

हाल नेपालमा,नेपाल एयरलाइन्स, बुद्ध एयर र हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडानका लागि ईयूको स्वीकृतिको पर्खाइमा रहेका छन्।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५