सत्तारुढ गठबन्धनले देशको सबै निर्वाचन क्षेत्रको अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले सबै १६५ निर्वाचन क्षेत्रको अवस्था अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।
बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार कार्यदलले छलफल गरी नेतृत्वलाई प्रतिवेदन बुझाउने जानकारी दिनुभएको छ ।
शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज ४ बजे बैठक बसेर समग्रमा छलफल गरी प्रतिवेदन बुझाउने निर्णय भएको र १६५ निर्वाचन क्षेत्रको वर्तमान अवस्थाबारे आधार तयार गरी विस्तृत प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिइएको कार्कीले बताउनुभएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्