सरकार र महावीर पुनबीच वार्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • April 30, 2023
MAHABIR PUN rastriya abishkar kendra

१७ वैशाख, काठमाडौं -सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै शुक्रबारदेखि माइतीघरमा धर्ना सुरु गरेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग सरकारले वार्ता अगाडी बढाएको छ ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै महावीर पुन र सरकारबीच वार्ता सुरु भएको हो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सुरु भएको वार्तामा दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग पूरा गर्न सहमति खोज्ने समझदारी भएको छ ।

आविष्कारको क्षेत्रमा देशलाई अघि बढाउन कानुन बनाउने कुरामा सांसदहरूले बेवास्ता गरेको भन्दै, पुनले आफ्ना माग पूरा नगरेसम्म सडकमै सुतेर धर्ना धर्ना दिने घोषणा गरेका थिए ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५