ओलीको विभेदपूर्ण राजनीतिप्रति पार्टीभित्रै बसेर संघर्ष गर्छु: भिम रावल

  • नेपाल राष्ट्रिय दैनिक
  • October 13, 2022
bhim rawal

नेकपा एमालेका नेता भिम रावलले अध्यक्ष के पी शर्मा वलीको विभेदपूर्ण राजनीतिक चरित्र र अन्याय विरुद्द पार्टीभित्रै बसेर संघर्ष गर्ने बताउनुभएको छ।

जिल्लाबाट एकल सिफारिस हुँदा पनि प्रतिनिधि सभामा आफुलाई अछाम १ बाट टिकट नदिनु सुदूरपश्चिमका एमाले नेता-कार्यकर्ताको घोर अपमान भएको र पार्टीको हित र एकतामा आँच पुर्‍याएको उहाँले बताउनुभएको छ । नेता रावलले पार्टीमा विधि र अनुशासन कायम नरहेको र कुनै पनि विषयमा परामर्श नै नहुने गरेको भन्दै ,अध्यक्ष ओलीले आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम गर्नुभएको पनि बताउनुभएको छ।

एमाले कसैको कम्पनी र व्यक्तिगत सम्पत्ति नभएको र एमालेसँग करोडौं जनता र कार्यकर्ताको भरोसा जोडिएको भन्दै, अहिलेको विकृत अवस्थाबाट पार्टीलाई बाहिर निकाल्न अन्तिम बिन्दुसम्म पनि पार्टीमै बसेर संघर्ष गर्ने र दक्षिणपन्थी र प्रतिक्रियावादीहरूसँगको एमालेको साँठगाँठ अन्त्य गर्ने बताउनुभएको छ।

अध्यक्ष ओलीले आफ्नो बारेमा जति नै भर्म छरेर आरोप लगाएपनि आगामी निर्वाचनमा पार्टीलाई जिताउन आफु लागिपर्ने पनि उहाँले बताउनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५