भक्तपुर नगरपालिकाको बजेट २ अर्ब १८ करोड ४२ लाख

  • नेपाल राष्ट्रिय दैनिक
  • June 24, 2022
bhaktapur nagarpalika

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि २ अर्ब १८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले चालूखर्चतर्फ १ अर्ब ४२ करोड ८४ लाख ४२ हजार , वित्तीय खर्च तर्फ रु. ४ करोड ६० लाख र पुँजीगत तर्फ रु. ७० करोड ९८ लाख विनियोजनगरेको छ।

नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा विक्रीसमेत गरी आ.ब. २०७९/०८० को लागि कूल रु. २ अर्ब १८ करोड ४२ लाख ४२ हजार आय अनुमान गरेको छ।

त्यसमध्ये बाह्य स्रोतबाट जम्मा रु. १ अर्ब ६४ करोड ७७ लाख २६ हजार ,संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपरूक अनुदान, विशेष अनुदान र अन्य अनुदान शीर्षकमा रु. ६५ करोड ४४ लाख ,सामाजिक सरुक्षा भत्तावापत रु. ५० करोड,प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त
अनुदान, समपरूक अनुदान र विशेष अनुदान शीर्षकमा जम्मा रु. ८ करोड ९ लाख ३२ हजार , मूल्य अभिवृद्धि कर, सवारी कर र मालपोतवापत राजश्व बाँडफाँडबाट रु. १७ करोड २३ लाख ९४ हजार,आन्तरिक आयतर्फ नगरवासीहरूबाट विभिन्न शीर्षकमा कर ४६ करोड ८१ लाख प्राप्त हुने अनुमान गरेको छ।
.

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५