रुकुम – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग वाक्क भएर नेपाली कांग्रेसले वर्तमान सरकारको विकल्प खोजिरहेको बताएका छन्।
श्रीलंका र बंगलादेशमा भएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर माओवादी अघि बढिरहेको र देशमा अहिले पनि सरकारका कारण कुनै पनि बेला बंगलादेशको अवस्था आउने खतरा रहेको समेत उनले बताएका छन्।
रुकुम पूर्वको भूमेमा माओवादीको अधिवेशनको उद्घाटन गर्दै कांग्रेस नेताहरूले वर्तमान सरकारको विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताएका छन् । तर कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार बनाउन आफुहरु तयार नरहेको र २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताएका छन्।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्