मैले अफिस गएर नक्शा र डोजर लिएर गएँ:मैले के बिराएँ ?

  • नेपाल राष्ट्रिय दैनिक
  • August 25, 2022
mayor balen

भूमिगत पार्किङ्गको स्थलमा संचालन गरिएको अवैध संरचना हटाउने अभियानको क्रममा सोमबार नगरपालिकाको कर्मचारी र प्रहरीको टोलिसहित ड्रिलिङ्ग मसिन बोकेर बानेश्वर क्षेत्र पुगेका मेयर बालेन शाहले बुधबार एकै दिन काठमाडौँ मल र आर बि कम्प्लेक्समा अवैध रुपमा संचालन गरिएको पसल र टहराहरु धमाधम डोजर नै लगाएर हटाइदिए।

महानगरपालिकाले ३५ दिने सुचना जारी गरेर अवैध रुपमा संचालन गरिएका पसल र नक्शा पास गर्दा उल्लेख गरिएको प्रयोजन बाहेक अन्य प्रयोजनमा लगाइएको संरचना हटाउन गरेको आग्रहलाई व्यवास्ता गरेपछि, बिहिबार मेयर शाहले बानेश्वरको अल्फा-बेटा कम्प्लेक्सले नक्शा पास गरे भन्दा बाहेक निर्माण गरिएको संरचनामा डोजर लगाइदिए।

अवैधानिक संरचना हटाउने क्रममा अल्फा-बेटाका घर धनि र मेयर शाह बीच भएको दोहोरो चर्काचर्कीको दृश्य एकाएक सामाजिक सञ्जालमा भाइरल बन्यो। अवैध संरचना हटाउन महानगरको टोली सहित बानेश्वर पुगेका मेयर साहलाई घर धनीले आफ्नो संरचना वैधानिक भएको र मेयर शाहलाई नै नक्शा देखाउन भनेपछि चर्किएको विवादमा मेयर शाहले तपाइको घरको नक्शा तपाइसंग हुन्छ कि म सँग भनि आक्रोशित मुद्रामा दिएको अभिव्यक्ति बारे केहि समय अगाडी उनि आफैले सामाजिक सञ्जालमा पोष्ट समेत गरेका छन्।

उहाँले आफ्नो नक्शा मलाई माग्नुभयो
मैले अफिस गएर नक्शा र डोजर लिएर गएँ।
मैले के बिराएँ ?

मेयर शाह अगाडी लेख्नुहुन्छ :
अब उपरान्त यस्तो गर्न नपरोस। सबैले आँफै बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइदिनुहोला। नक्शा जसरि पास भएको छ ,त्यहि अनुसार बनाइदिनुहोला।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a5%88%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a5%87%e0%a4%b9%e0%a4%bf-%e0%a4%97/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५