काठमाडौं – काठमाडौं क्रिकेट एकेडेमीको आयोजनामा हुने केसीए यू–१४ क्रिकेट प्रतियोगिता आजदेखि सुरू हुँदै छ ।
२२ गतेसम्म चल्ने प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको सबै खेल चुनिखेल–१३, बुढानिलकण्ठमा रहेको केसीएको मैदानमा हुनेछ।
प्रतियोगिताको विजेताले ५० हजार पाउनेछ भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ। प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट खेलाडीले ५ हजार पाउनेछन्।
प्रतियाेगितामा सहभागि टिमहरूमा हिमालयन क्रिकेट एकेडेमी ए, नेक्सस क्रिकेट एकेडेमी ए, ओएसिस क्रिकेट एकेडेमी, भक्तपुर म्युनिसिपल क्रिकेट एशोसिएसन, हिमालयन क्रिकेट एकेडेमी बी, नेक्सस क्रिकेट एकेडेमी बी, बल पार्क क्रिकेट एकेडेमी, भक्तपुर क्रिकेट सेन्टर, हिमालयन क्रिकेट एकेडेमी सी, सीईसी भक्तपुर, किंग्स क्रिकेट एकेडेमी र काठमाडौं क्रिकेट एकेडेमी छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्