लिउ जियानचाओ स्वदेश फिर्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • ३० असार २०७९, बिहीबार ०५:००
jianchao arriving nepal

आइतबार नेपाल आउनुभएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख लिउ जियानचाओ ४ दिने नेपाल भ्रमण पश्चात बुधबार राति १० बजे स्वदेश फर्कनु भएको छ।

भ्रमणको क्रममा जियानचाओले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुसंग भेटघाट गर्नुभएको छ। भेटको क्रममा जियानचाओले नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने धारणा व्यक्त गर्नुभएको थियो भने प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ।

भेटको क्रममा लिउ जियानचाओले कुनै पनि देशसँग चीनको सम्बन्ध विचारधाराद्वारा निर्देशित नहुने भन्दै नेपालका सबै राजनीतिक दलहरुसँग सहकार्य गर्न र नेपालमा जुन पार्टीको सरकार भए पनि चीन सदैव साथ रहने बताउनुभएको छ।

त्यसैगरी,भेटघाटकै क्रममा नेपाल–चीन सम्बन्ध लगायत द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५