चितवन कांग्रेसले भनेर केहि हुँदैन:गठबन्धन केन्द्रबाटै हुन्छ -प्रचण्ड

  • नेपाल राष्ट्रिय दैनिक
  • १० चैत्र २०७८, बिहीबार १०:०३
prachanda 2

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताउनुभएको छ ।

आज गृह जिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै तीन तहकै चुनावमा गठबन्धन हुने बताउनुभएको हो ।

चितवन कांग्रेसले गठबन्धन नगर्ने भनेको छ नि भन्ने पत्रकारहरुको प्रश्नमा, चितवन कांग्रेसले भनेर केहि हुँदैन,गठबन्धन केन्द्रबाटै हुन्छ भन्ने जवाफ दिनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन पुग्नु भएको छ ।

Share :
rabi lamichhane

१ करोड धरौटी बुझाएर छुटे लामिछाने

रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले माघ ६[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५