काठमाडौं – पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीकी बुहारी तथा समाज कल्याण परिषदकी उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले अमेरिकी पीआर विवाद चर्कदै गएपछि पदबाट राजीनामा दिएकी छन् ।
सासू उमा रेग्मी मन्त्री हुँदा सत्ता र शक्तिको दुरुपयोग गरेर समाजकल्याण परिषदको उपाध्यक्षमा नियुक्ति पाएकी बुहारी मोनिका भट्टराई अधिकारीले पदमा रहँदै अमेरिकी स्थायी बसोवास अनुमतिपत्र (पिआर) लिएको खुलेको छ ।
नेपालको विद्यमान संविधान, कानुन, मापदण्ड र अभ्यासले विदेशी पिआर लिएका व्यक्तिले नेपालको सार्वजनिक पदमा नियुक्ति नपाउने व्यवस्था भएको भएपनि उनकी सासु पूर्वमन्त्री उमा रेग्मी मन्त्री हुँदा रेग्मीले नै उनलाई गैर कानुनी रुपमा समाज कल्याण परिषदको उपाध्यक्षमा नियुक्त गरेकी थिइन्।
उपाध्यक्ष मोनिका भट्टराई अधिकारीलेअमेरिकी स्थायी बसोवास अनुमतिपत्र (पिआर) लिएको विषयलाई लिएर अख्तियार र राष्ट्रिय सतर्कता केन्द्र लगायत मन्त्रालयमा समेत उजुरी परेपछि उनले राजिनामा दिएको बुझिएको छ। उनले राजिनामा दिएको भनिएपनि समाज कल्याण परिषदको वेबपेजमा उनको नाम र पद सम्बन्धि विवरण हट़ाइएको छैन।
आफ्नो प्रतिक्रिया दिनुहोस्