एनसेलबाट एक्जियटा ग्रुप बाहिरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • November 29, 2023
ncell

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट एक्जियटा ग्रुप बाहिरिने भएको छ।

एक्जियटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक विवेक सुदले एक्जियटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन् ।

एनसेलमा ८० प्रतिशत सेयर रहेको एक्जियटाले आफ्नो सेयर बिक्रीका लागि राखेको र उक्त सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ ।हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत सेयर छ ।

नेपालमा पहिलो पटक २००४ मा ‘मेरो मोबाइल’ को रूपमा स्थापित भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई चार वर्षपछि टेलिया कम्पनी (पहिले स्विडेनको टेलियासोनेरा समूह भनेर चिनिन्थ्यो) द्वारा अधिग्रहण गरेर २०१० मा ‘एनसेल’ को रूपमा पुन: ब्रान्ड गरिएको थियो । १२ अप्रिल २०१६ मा आजियाटाको हिस्सा बन्न पुगेको एनसेल पछि गएर पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो र ३ अगस्ट २०२० मा यसको नाम ‘एनसेल आजियाटा लिमिटेड’ राखियो।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५