मलामी गएका १३ जना पहिरोमा परि बेपत्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • October 10, 2022
landslides pahiro

अविरल वर्षासँगै आएको पहिरोले हुम्ला चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पुरिएको छ। पहिरोमा परि ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका अन्य ५ जना व्यक्तिको भने स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, मुगुको छायानाथ रारा नगरपालिकाको वडा नम्बर ८ मा पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । छायानाथ रारा नगरपालिकामा पहिरोले दर्जनौँ घरमा क्षति पुर्याएको छ भने अन्य दर्जनौं घरहरुपनि जोखिममा रहेका छन्। अविरल वर्षाको कारण बालीनाली पूर्ण रुपमा नष्ट भएको छ भने केहि स्थानमा पुलहरु बगाउँदा यातायात सेवा अवरुद्द हुन पुगेको छ।

त्यस्तै,कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा पहिरोमा परि मलामी गएका तिलागुफा नगरपालिका ४ का नवनिर्वाचित वडाअध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका छन्। तिलाकर्णाली नदीमा लाश जलाउँदै गर्दा आएको पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%9c%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%b0/
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५