बरु जेल हालोस तर इम्बोस्ड नम्बर प्लेट हाल्दिन:भिम रावल

  • नेपाल राष्ट्रिय दैनिक
  • ८ असार २०७९, बुधबार १५:००
bhim rawal

नेकपा एमालेका सांसद भीम रावलले बरु सरकारले आफुलाई जेल हालोस तर आफ्नो सवारीमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताउनुभएको छ ।

संसदको राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्ने क्रममा नेता रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताउनुभएको हो। नेपालको संबिधान विपरित अंग्रेजीमा नम्बर प्लेट राख्ने चलखेल गरेको र आर्थिक अनियमितता गरेर बढी शुल्कमा इम्बोस्ड नम्बर प्लेट वितरण गरिएको भन्दै नेता रावलले सरकारको आलोचना गर्नुभएको छ।

यातायात व्यवस्था विभागले साउन १ देखि इम्बोस्ड प्लेट अनिवार्य जडान नगरे कारबाही गर्ने चेतावनी दिएपछि, सो निर्णयको चर्को विरोध गर्दै संसदमै आवाज उठ्न थालेपछि विभाग आफ्नो निर्णयमा लचिलो बन्दै कारवाही गर्ने र श्रावण १ गतेदेखि अनिवार्य जडान गर्नुपर्ने भन्ने निर्णयबाट पछि हटेको थियो।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५