डुबानमा परेको सत्ता गठबन्धनको चुनावी सभास्थलबाट पानी कटाइंदै

  • नेपाल राष्ट्रिय दैनिक
  • २२ बैशाख २०७९, बिहीबार ०९:००
Chitwan Manch duban 1

हिजो राति परेको अविरल बर्षाको कारण सत्ता गठबन्धनले चुनावी सभा गर्ने तयारी गरेको सभास्थल, भरतपुरको केन्द्रिय बस टर्मिनलको खालि क्षेत्र डुबानमा परेको छ। रातभरी परेको अविरल बर्षाको कारण सभास्थलमा बनाइएको मञ्च लगायतका सम्पूर्ण प्राविधिक संरचना र आसपासको परिसर डुबानमा परेको छ।अहिले सभास्थलबाट पानी कटाउने काम भैरहेको छ।

024430419Bharatpur 6


आज हुने भनिएको चुनावी सभामा ,प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

024426846Bharatpur 5


डुबानका कारण निर्धारित समयमै कार्यक्रम सुरु गर्न नसकिने भएपनि आजको चुनावी सभा भने नरोकिने नेपाली काँग्रेस चितवनका उपसभापति राजिब न्यौपानेले जानकारी दिनुभएको छ। अहिले सभास्थलमा भएको पानी कटाएर सभास्थलको तयारीमा आफुहरु जुटेको पनि उहाँले बताउनुभएको छ। करिब १२:१५ बजेको समयमा पुर्व निर्धारित कार्यक्रम सूरु गरिने पनि उहाँले जानकारी दिनुभएको छ।

024447492Bharatpur 10
Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५