उपेन्द्र यादवले पार्टी कब्जा गर्न खोजे:बाबुराम भट्टराई

  • नेपाल राष्ट्रिय दैनिक
  • July 12, 2022
baburam bhattarai

आन्तरिक मतभेदका कारण फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले उपेन्द्र यादवले पार्टी कब्जा गर्न खोजेको आरोप लगाउनु भएको छ।
समानान्तर रुपमा संगठन अघि बढाउंदै आज पार्टीको छुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका भट्टराईले पार्टी संगठन, व्यवस्थित र चुस्तदुरुस्त बन्न नसकेको र उपेन्द्र यादवमा पार्टी समायोजनकै बेलादेखि पार्टी कब्जा गर्ने सोच हाबी भएको बताउनुभएको छ ।

पार्टी पुनर्गठनको औचित्य र कार्यभार नामक राजनीतिक प्रतिवेदनमा भट्टराईले,पार्टी पंक्तिलाई एकताबद्ध बनाई लक्ष्य उद्धेश्यतर्फ निर्दिष्ट गर्ने भन्दा पनि अनेक झमेला र अविश्वास सृजना गरी महिनौं अल्झाउँने, कार्यकर्ताहरुमा निरासा र झर्को सृजना गर्ने र राजनीति तथा संगठनात्मक जीवनबाट पलायन हुन बाध्य पार्ने काम गरिएको उल्लेख गर्नुभएको छ ।

पार्टी एकता गर्दा विचार, सिद्धान्त र एजेण्डामा आधारभूत समानता कायम गरिएपनि कार्यान्वयनको पाटोबाट त्यसको बुझाइमा एकरुपता नदेखिएको बताउंदै,पार्टी एकताको करिब ३ बर्षमा पार्टीको आर्थिक जीवन, आय स्रोत, व्ययको शीर्षक लगायताका विषय कहिल्यै कुनै बैठकको एजेण्डा नबनेको र खर्चको नियमितता र पारदर्शीताका लागि नियमित खर्चको फाँटबारी पेश गर्ने काम समेत नभएको बताउनुभएको छ।

पार्टीभित्रै अल्पमतमा बाबुराम भट्टराई
उपेन्द्र यादव पक्षका नेताहरुले विरगंजमा केन्द्रीय समितिको विस्तारित बैठक डाकेको बेला काठमाडौँमा समानान्तर रुपमा छुट्टै केन्द्रीय समितिको विस्तारित बैठक गरेका बाबुराम भट्टराई पार्टीभित्रै अल्पमतमा परेका छन्।

४९९ सदस्यीय केन्द्रिय समिति भएको जसपामा, बाबुराम भट्टराईले डाकेको केन्द्रीय समितिको विस्तारित बैठकमा भने जम्मा ८० जना केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको छ। त्यसैगरी, ३३ सस्दयीय कार्यकारिणी समिति रहेको पार्टीमा बाबुरामको बैठकमा भने ८ जना सदस्यको मात्रै उपस्थिति रहेको थियो।
फुटको संघारमा पुगेको यो परिदृश्यमा डा. भट्टराई भने पार्टीभित्रै अल्पमतामा देखिएका छन्।

https://nepalrastriyadainik.com/%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%a8%e0%a4%a4%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%b5/


प्रतिवेदनको पूर्णपाठ:

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५