भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल आउने

  • नेपाल राष्ट्रिय दैनिक
  • May 5, 2022
narendra modi


भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल आउने भएका छन्। युनेस्कोको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

मोदी नेपाल आउने निश्चित भए पनि सार्वजनिक घोषणा हुन बाँकी रहेको र सरकारले भ्रमणको तयारी समेत गरिरहेको जानकारी प्राप्त भएको छ ।बुद्धजयन्तीको अवसरमा मोदीले आफ्ना समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवासँग युनेस्कोले लुम्बिनीमा आयोजना गर्ने विशेष कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

कार्यक्रम अनुसार मोदी सोही दिन बिहान नेपाल आउने र करिब ६ घण्टाको बसाइ पछि भारत फर्कनेछन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५