चितवन – प्रस्तावित रेलमार्गको सर्भे गर्न चितवन आएको टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्।
प्रस्तावित रेलमार्गको अध्ययन गर्न भरतपुर महानगरपालिका – ७ को नगर प्लटिङमा आएको टोलीमाथि स्थानीयले आक्रमण गरी उनीहरू चढेको बागमती प्रदेश ०१-०३०-च ७१९० नम्बरको गाडीमा समेत आगो लगाइदिएका छन्।
बाक्लो बस्तीमा रेगमार्ग बनाउन थालेको भन्दै विरोधमा उत्रिएका स्थानीयहरूले विगत लामोसमयदेखि रेलमार्ग सार्नुपर्ने माग राख्दै आएका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्