रुसी सभामुखद्वारा नर्वेसंगको समुद्री सन्धि खारेज गर्न संसदलाई आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • २१ असार २०७९, मंगलवार १९:५०
the state duma

रूसी संसदको तल्लो सदनका सभामुखले नर्वेसँग देशको समुद्री सीमाना स्थापित गर्ने सन्धि खारेज गर्न आग्रह गरेका छन्।

नर्वेले स्वाल्बार्ड द्वीपसमूहमा रहेका रूसी-आबादी बस्तीहरूको लागि खाद्यान्न वितरणमा प्रतिबन्ध लगाएको भन्दै, डुमा राज्यका सभामुख व्याचेस्लाभ भोलोडिनले चेम्बरको अन्तर्राष्ट्रिय मामिला समितिका प्रमुखलाई नर्वेसंगको समुद्री सन्धि खारेज गर्न आग्रह गरेका छन्।
नर्वे र रुसको उत्तरी तटसँग जोडिएको आर्कटिक महासागरको भाग ब्यारेण्ट सागरमा रुस र नर्वेबीचको विवादलाई अन्त्य गर्ने सन् २०१० मा दुवै देशले सो सन्धिमा हस्ताक्षर गरेको थियो।

Share :
Russian Federation to the United Nations Vassily Nebenzia

अमेरिकाले मध्यपूर्वमा द्वन्द्व फैलायो – रुस

वासिङ्टनले इराक, सिरिया र यमनमा गैरकानूनी हमला गरेर मध्यपूर्वमा द्वन्द्वको आगो फैलाएको र शान्ती प्रक्रिया बिथोल्न खोजेको संयुक्त राष्ट्रसंघका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले बताएका छन् । जोर्डनमा अमेरिकी सैन्य चौकीमा ड्रोन आक्रमणको जवाफमा अमेरिकाले सिरिया र इराकमा हवाई हमला गरेपछि रुसले संयुक्त राष्ट्र सुरक्षा परिषदको तत्काल बैठक बोलाउन अनुरोध गरेको छ। नेबेन्जियाले सोमबार न्यूयोर्कमा भएको (युएनएससी) बैठकमा हाल[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५