पेट्रोलियम पदार्थको खरिद मूल्य घट्यो :जनतालाई भने बढेकै मूल्यमा बिक्रि

  • नेपाल राष्ट्रिय दैनिक
  • July 17, 2022
nepal aayal nigam

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटसँगै नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर आएको छ ।

घटेको मूल्य अनुसार शनिबारदेखि आयल निगमले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा कम मुल्यमा खरिद गरेको छ।

नेपाल आयल निगमले भारतबाट घटेको मुल्यमा पेट्रोलियम पदार्थ खरिद गरेपनि,निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता र लामो समयदेखि बेहोर्दै आएको घाटाको कारण नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुने भएको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५