अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको टोली नेपालमा

  • नेपाल राष्ट्रिय दैनिक
  • March 26, 2023
USA pacific command

काठमाडौं, चैत १२ : अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको टोली नेपाल आएको छ । उच्च सैनिक स्रोतका अनुसार शनिबार राति सिंगापुर एयरलाइन्सबाट अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको टोली नेपाल आएको हो ।

एसिया प्यासिफिक कमाण्डका मेजर जनरल क्रिस्टोफर स्मिथको नेतृत्वको टोली शनिबार राति काठमाडौं आएको हो । एक वर्षमा दोश्रो पटक नेपाल आएको अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको टोली नेपाल किन आयो भन्नेबारे केही खुलाइएको छैन ।

स्मिथको नेतृत्वमा शनिबार नेपाल आएको अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको टोली पाँच दिन नेपालमै रहने बताइएको छ । यसअघि ८ जुन २०२२ मा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका वरिष्ठ अधिकारी चार्ल्स ए फ्लिन चार दिने नेपाल भ्रमणमा आएका थिए ।

अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको टोली अमेरिकी सेनाको विशेष विमानमा दिल्लीबाट काठमाडौं आएको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५