सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • February 9, 2025
deuba oli

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारले ल्याएका अध्यादेशलगायत विषयमा छलफल हुने जनाइएको छ।

कांग्रेस-एमाले गठबन्धन सरकारलाई सञ्चालनमा सुझाव दिन गत कार्त्तिक १५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्तारुढ हलरूको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो।

जनता समाजवादी पार्टी नेपालले अध्यादेशलाई समर्थन गर्ने वा नगर्ने निर्णय नगर्दा दुवै सदनमा अध्यादेश निणयार्थ पेश हुन सकेको छैन्। अध्यादेश पारित गराउन प्रतिनिधिसभामा सत्तारुढ कांग्रेस र एमालेसँग स्पष्ट बहुमत छ भने राष्ट्रियसभामा बहुमत पुर्‍याउन जसपा नेपालको साथ आवश्यक छ।

यसअघि माघ २४ गते संघीय संसदमा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू निर्णयार्थ पेश गर्ने कार्यसूची रहे पनि अन्तिम समयमा आएर कार्यसूचीबाट हटाइएको थियो। राष्ट्रियसभामा सत्ता गठबन्धनको बहुमत नपुग्ने भएपछि अध्यादेश पेश गर्ने कार्यसूचीबाट नै हटाइएको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५