पूर्वाधार कर समायोजन गर्ने निर्णय गर्दै सरकारले प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ ।
पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगमको सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।
अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ ।मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजेलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्