सप्त ऋषिको पुजा गरेर ऋषिपञ्चमी मनाइँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • September 1, 2022
teej image

वैदिक सनातन धर्मावलम्बीहरुले हिन्दु संस्कृति र परम्परा अनुसार प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन पर्ने ऋषिपञ्चमी नेपाली महिला दिदि बहिनीहरुले सप्त ऋषिको पूजाआराधना गरी मनाउँदछन् । देशभरका पवित्र धार्मिकस्थल र ऋषेश्वर मन्दिरमा आक पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनहरुको विशेष भिड लाग्ने गर्दछ।ऋषिपञ्चमीलाई तीज कै एउटा पाटोको रुपमा मनाउने गरिन्छ र आज ऋषि पञ्चमीको अनुष्ठान पूर्ण भएसँगै तीज समाप्त भएको मानिन्छ।

पौराणिक मान्यता अनुसार,ऋषि पञ्चमीको दिन रजस्वला हुन शुरु भइसकेका महिलाहरूले शरीरलाई सफा र शुद्ध बनाउनको लागि पूजा अर्चना गर्ने दिनको रुपमा मनाउने गरिन्छ । सृष्टिकर्ता नारीहरू विना जीवन सम्भव नभएकोले शास्त्रमा पनि नारीहरुको सम्मान गर्दै नारीहरुको रजस्वलाको दिनहरूलाई चार वटा देवीहरू अनुरूप तुलना गर्ने चलन रहेको छ। रजस्वलाको प्रथम दिन चण्डालिनी, दोस्रो दिन ब्रह्मधातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन रहेको छ ।

आजको दिन नारीहरूले उपमार्ग(दतिवन) अर्थात् एउटा विशेष प्राकृतिक जडीबुटी युक्त गुण भएको वनस्पतिको प्रयोगले दाँत माँज्ने र चपाउने गर्दछन्। १०८ वटा उपमार्ग (दतिवन)का टुक्राहरु चपाएर आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरूले नजिकैको खोला या तलाउमा गएर स्नान गर्ने गर्दछन् । संस्कृत शब्दमा उपमार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँदछ । यसले शरीरमा विभिन्न प्रकारका रोग नलाग्ने र भएको भए पनि निको हुने विश्वास रहेको छ । यसरी बिहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरूले दियो, कलश अनि गणेश स्थापाना गरेर कश्यप, भार्गदोज, विश्वामित्र, गौतम, जमदग्नि अनि वशिष्ठलगायतका सात ऋषिहरूको पूजा गर्दछन । अन्त्यमा ब्राह्मणले रीतिअनुसार पूजा गरेपछि ऋषि पञ्चमीको अनुष्ठान पूर्ण भएको मानिन्छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५