सर्वोच्चमा रिट:सभामुख र उपसभामुख पद खाली गर्न माग

  • नेपाल राष्ट्रिय दैनिक
  • September 22, 2022
sarbochha ad 570464315 1

अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई, जगन्नाथ दुलाल लगायतले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको पद रिक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

संविधानको धारा ९१ को उपधारा (६) (क) बमोजिम सभामुख र उपसभामुखको पद उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म मात्र कायम रहने प्रावधान अनुसार उक्त पद रिक्त हुनुपर्ने माग गरिएको हो।

यसअघि,समानुपातिकको बन्द सूची बुझाएसँगै सांसदको कार्यकाल समाप्त हुने निर्वाचन आयोगले जानकारी दिएको थियो ।

दलहरूले समानुपातिक सांसदका लागि बन्दसूची बुझाएकाले सभामुख र उपसभामुख पद कायम गर्नु संविधानविपरीत भएको र रिट निवेदनको अन्त्य नभएसम्म सभामुख र उपसभामुखले राज्यबाट प्राप्त साधनस्रोत र सेवाको दुरुपयोग गर्न नदिन सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४९ बमोजिम प्रतिपक्षको नाममा अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५