१०औं राष्ट्रिय खेलकुद तयारीका लागि सचिवालय स्थापना

  • नेपाल राष्ट्रिय दैनिक
  • २५ पुष २०८१, बिहीबार ०५:१०
rakhepa 10th rastriya khelkud

काठमाडौं : कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको तयारीका लागि काठमाडौंको राखेप भवन त्रिपुरेश्वरमा खेलकुदमन्त्री तेजुलाल चौधरीले सचिवालयको उद्घाटन गरेका छन्।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ चैत २३ गतेदेखि ३० गतेसम्म कर्णालीमा १०औं राष्ट्रिय खेलकुद २०८१ आयोजना हुँदैछ।

राष्ट्रिय खेलकुदलाई सफल बनाउनका लागि आवश्यक कामकाजलाई सहजीकरण गर्न काठमाडौंमा नै सचिवालय स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ। सचिवालयको उद्‍घाटन गर्दै खेलकुदमन्त्री चौधरीले माघ ३ गते राखेप बोर्डको बैठक बोलाइएको र बैठकमा १०औं राष्ट्रिय खेलकुदका विषयमा विस्तृत छलफल हुने जानकारी दिए।

उनले राष्ट्रिय खेलकुदलाई भव्यरूपमा सम्पन्न गर्नका लागि बजेटको अभाव नहुने भन्दै यसअघिको भन्दा भव्यरूपमा सम्पन्न गर्ने बताएका छन्।

त्यस्तै राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलकुदका लागि प्रदेशले छनौट कार्यलाई अन्तिम चरणमा पुर्‍याएको र प्रतियोगितामा सहभागी विभिन्न टोलीलाई आवश्यक बजेट उपलब्ध गराउने र टोली व्यवस्थापनको जिम्मेवारी पनि उनीहरूलाई नै दिइने जानकारी दिए।

Share :
rabi lamichhane

१ करोड धरौटी बुझाएर छुटे लामिछाने

रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले माघ ६[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५