साउदी युवराज र अमेरिकी राष्ट्रपतिको भेटमा पत्रकार खशोग्गीको हत्याको विषय उठान

  • नेपाल राष्ट्रिय दैनिक
  • July 16, 2022
mohammad bin salman and biden

सम्बन्ध पुनर्निर्माण गर्न साउदी अरेबिया पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी युवराज मोहम्मद बिन सलमानसँगको भेटमा पत्रकार जमाल खशोग्गीको हत्याको विषय उठाएको बताएका छन् ।

टर्कीको इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा अक्टोबर २०१८ मा पत्रकार खशोग्गीको हत्यापछि अमेरिकी गुप्तचर एजेन्सीहरूले युवराज मोहम्मद बिन सलमानलाई हत्याकोआरोप लगाएका थिए।

खशोग्गीको हत्या बाहेक, राष्ट्रपति बाइडेनले, साउदी अरबसंग बजारमा तेलको आपूर्ति बढाउने विषयमा छलफल भएको र साउदी अरेबियाले इजरायल जाने र आउने विमानहरूलाई लगाएको हवाई प्रतिबन्ध पनि फुकुवा गर्ने घोषणा गरेको बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५