साँझ ५ बजेसम्म आयोगले अन्तिम निर्णय गर्ने
आगामी निर्वाचनको लागि मनोनयन पत्र दर्ता गराएका प्रधानमन्त्रीसहित दर्जनौँ उम्मेदवार विरुद्द निर्वाचन आयोगमा उजुरी परेको छ। आयोगको निर्वाचन कार्यतालिका अनुसार हिजो दिउँसो ३ बजेको समयभित्र देशभरबाट मनोनयन दर्ता गराएका दर्जनौँ उम्मेदवार विरुद्द आयोगमा उजुरी परेको थियो।
निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज साँझ ५ बजेसम्म उजुरी उपर छानविन गरि राति ७ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ।
आफ्नो उम्मेद्वारी फिर्ता गर्न चाहने उम्मेदवारहरुले भने भोलि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन कार्यालयबाट आफ्नो उम्मेद्वारी फिर्ता लिन सक्नेछन भने दिउँसो ३ बजे आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेर साँझ ७ बजेभित्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह उपलब्ध गराउनेछ
आफ्नो प्रतिक्रिया दिनुहोस्