राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • July 22, 2022
Nepal Rastra Bank 20191110221109

विवादित बजेट र संकटोन्मुख अर्थतन्त्रकोबिच नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नेभएको छ।

मौद्रिक नीतिको मस्यौदाबारे सम्पूर्ण छलफल सकेर तयारि अवस्थामा रहँदा पनि अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समय नदिएका कारण केहि दिन रोकिएको मौद्रिक नीति आज सार्वजनिक हुनेभएको छ।

अनौपचारिक रुपमा यस पटकको मौद्रिक नीति विगतको भन्दा कसिलो आउने राष्ट्र बैंकले यस अघि नै जानकारी गराइसकेको छ। अर्थतन्त्रलाई मजबुत बनाउन पनि कसिलो मौद्रिक नीति ल्याउनुपर्ने कुरा गभर्नर अधिकारीले विभिन्न कार्यक्रमहरुमा बताउंदै आउनुभएको छ।

यसपटक मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने स्थायी तरलता सुविधा प्रवाहमा कडाइ गर्ने देखि ब्याजदर बढाउने सम्म तयारी गरेको देखिन्छ। त्यसैगरी सेयर कर्जामा ४/१२ को सीमा नहटाउने र बैंक तथा वित्तीय संस्थाले खरिद गरेको सेयर कम्तीमा एक वर्षसम्म बिक्री गर्न नपाउने हालको व्यवस्थालाई चालु बर्षको मौद्रिक नीतिले पनि कायमै राख्ने देखिन्छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५