संवैधानिक राष्ट्रप्रमुख पार्टीगत राजनीतिमा फर्किनु उचित नहुने : प्रदिप ज्ञवाली

  • नेपाल राष्ट्रिय दैनिक
  • १७ माघ २०८१, बिहीबार ०७:००
Pradip gyawali

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति सङ्केत गर्दै संवैधानिक राष्ट्रप्रमुख भइसकेको व्यक्ति पार्टीगत राजनीतिमा फर्कने कुरा उचित नहुने बताएका छन्।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा फर्कने चर्चा चलिरहेको छ नि भन्ने प्रश्नमा जवाफ दिंदै सो कुरा बताएका हुन्। त्यसो त केहि दिन अघि विराटनगरमा भएको पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा जवाफ दिंदै भण्डारी आफैले नै देश र जनताले आवश्यकता महसुस गरेको खण्डमा देशको लागि आफु दलगत राजनीतिमा फर्किन सक्ने र त्यसो भएमा आफु एमाले पार्तिमानै फर्कने बताएकी थिइन।

पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले आर्थिक रुपान्तरण र सुशासन कायम गर्ने गरि सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको र संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने भन्दै, देशमा स्थायित्वका लागि अहिलेको गठबन्धन बनेको र केही निराशा चिर्नेगरी सरकारले काम गरेको बताएका छन्।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५