नेत्रविक्रम चन्द (विप्लव) पार्टीबाट निष्काशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महासचिव पदबाट नेत्रविक्रम चन्दलाई हटाइएको छ ।असन्तुष्ट पार्टी नेता हेमन्तप्रकाश ओली र धर्मेन्द्र बाँस्तोलासहितको राष्ट्रिय भेलाले चन्दलाई पदबाट हटाउने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय समितिको निर्णयविपरीत स्थानीय निर्वाचनमा सहभागी भई एमसीसी समर्थक एमाले र कांग्रेससँग गठबन्धन बनाएको भन्दै चन्दलाई महासचिव पदबाट हटाइएको समूहका नेता गुणराज लोहनीले बताउनुभएको छ।

राष्ट्रिय भेलाले केन्द्रीय संयोजकमा धर्मेन्द्र बाँस्तोलालाई नियुक्त गरेको छ भने खड्गबहादुर विश्वकर्मालाई पार्टी प्रवक्ता पदबाट हटाइएको छ ।

केही दिनअघि चन्दले पार्टीको निर्वाचनमा भाग लिने निर्णय विपरीत अभिव्यक्ति दिएको भन्दै धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओलीलाई पार्टीको जिम्मेवारीबाट हटाएका थिए ।

नेकपा एमालेको घोषणापत्र सार्वजनिक

प्रमुख प्रतिपक्ष एमालेले स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो।

नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पढेर सुनाउनुभएको थियो।

नेकपा एमालेले सार्वजनिक गरेको घोषणापत्र पूर्णपाठ।

निर्वाचन आचारसंहिताप्रति नेकपा एमालेको असन्तुष्टि

निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति राखदै नेकपा एमालेले आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सो विषयलाई लिएर एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र समेत बुझाएका छन् ।

UML
UML 1
UML 2

चुनावसम्म संसद अवरोध गर्ने ओलीको चेतावनी ।

शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताउनु भएको छ ।

आफ्नो पार्टिले कारवाही गरेको सांसदलाई निष्कासन गर्नुको सट्टा सभामुखले उल्टै उनिहरुलाई दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले संसद अवरोध गर्दै आइरहेको छ । एमालेको अवरोध हुंदै गर्दा पनि संसद त चलिरहेको छ नि भन्ने प्रसँगमा उहांले भन्नुभयो,” बलजफ्ती गर्ने बानी परेकाले बलजफ्ती गरिरहेका छन् तर इलेक्सन भएपछि धोवी पाठ लगाइन्छ”। यसैबिच एमसीसीको बिषयमा पहिला गठबन्धन सरकारको धारणा प्र्ष्ट आएपछी मात्र एमालेले आफ्नो राय दिने पनि उहांले बताउनुभयो ।