बेलगोरोड विमान आक्रमणको जवाफमा रुसद्वारा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद बैठकको माग

  • नेपाल राष्ट्रिय दैनिक
  • January 24, 2024
russian foreign minister sergey lavrov

युक्रेनी युद्धबन्दीहरू बोकेको सैन्य विमानलाई गोली हानेर खसालेको विषयमा छलफल गर्न रसियाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन अनुरोध गरेको, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।

आइ -एल-७६ कार्गो विमान बुधबार बिहान बेलगोरोड क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा ६५ जना युक्रेनी युद्धबन्दीका साथै छ चालक दलका सदस्यहरू र तीन रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले बताएको छ । बन्दीहरूलाई युक्रेनी सीमा नजिकैको सहर बेलगोरोडमा लगिएको थियो, जहाँ कब्जा गरिएका रुसी सेनालाई रिहा गराउन युक्रेनी युद्धबन्दीलाई फिर्ता गरिने तय भएको थियो।

मन्त्रालयले युक्रेनी सेनाले हवाई सुरक्षा मिसाइलले विमान खसालेको आरोप लगाएको छ । “यो आतंकवादी कार्य गरेर, युक्रेनी नेतृत्वले आफ्ना नागरिकहरूको जीवनलाई बेवास्ता गर्दै आफ्नो वास्तविक अनुहार देखाएको रुसी रक्षा मन्त्रालयले बताएको छ।

संयुक्त राष्ट्र संघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै लाभरोभले सुरक्षा परिषद्को फ्रान्सेली अध्यक्षलाई ढिलाइ नगरी बैठक अनुमति दिन आग्रह गरेको बताएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५