निर्वाचन सुरक्षार्थ १ लाख १५ हजार म्यादी प्रहरी छनोट

  • नेपाल राष्ट्रिय दैनिक
  • October 12, 2022
Temporary police personnel myadi prahari

Temporary police personnel guard the Office of the Chief Returning Officer in Ilam, on Sunday, June 18, 2017. Photo: RSS

प्रतिनिधिसभा तथा प्रदेश सभाको आगामी निर्वाचनको सुरक्षार्थ १ लाख १५ हजार म्यादी प्रहरी छनोट गरिएको छ।

२ लाख ३२ हजार ८८ जनाले दरखास्त दिएकामा छनौट भएका १ लाख १५ हजार म्यादी प्रहरीलाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म निर्वाचन सुरक्षा सम्बन्धी तालिम प्रदान गरिनेछ। ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा प्रकाशन गरि छनोट गरिएका म्यादी प्रहरीको कार्यावधि ४० दिनको रहनेछ। उनीहरुले तलब, भत्ता, रासन र पोसाकबापत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ प्राप्त गर्नेछन्। हिमाली भेगमा खटिने म्यादी प्रहरीलाई भने ज्याकेट किन्न थप १ हजार र यातायात खर्चबापत एक पटकका लागि १ हजार रुपैयाँ उपलब्ध गराइनेछ।

छनौट गरिएका मध्ये सबैभन्दा बढी मधेस प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्। जिल्लाको आधारमा सबैभन्दा बढी मोरङमा ३ हजार ६ सय १६ र सबैभन्दा कम मनाङमा २ सय २८ जना छनौट भएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५