निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफुमाथि लगाइएको महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भएको र आफू संसदको सम्मानका लागि मात्र आएको बताएका छन् ।
बयानका लागि महाअभियोग सिफारिस समिति सिंहदरबार पुगेका जबराले महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली पालना नगरेको टिप्पणी गर्दै, महाअभियोग स्वत: निष्क्रिय भैसकेको र आफू संसदको सम्मानका लागि मात्र आएको बताएका छन् ।
बयान दिने क्रममा जबराले,आफूभन्दा पछाडिको व्यक्ति दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको र प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई नै कमजोर बनाउन खोजिएको बताएका छन्।
उनले आफूले गरेका काम नियम कानुन र संवैधानिक अधिकार भन्दा बाहिरबाट नभएको दावी गर्दै ,आफूबाट नभएर दलहरूबाटै न्यायलयलाई कमजोर बनाउने काम भएको समेत बताएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्