आगामी मंसिर ४ गते हुने निर्वाचनमा ८७ वटा राजनीतिक दलले भाग लिने भएका छन् ।
निर्वाचन आयोगले निर्वाचनमा भाग लिनका लागि ८७ वटा दलहरु दर्ता भएको जानकारी दिएको छ । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको छ भने,संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४ वटा रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि ७९ वटा निर्वाचन चिह्न रहने छ ।
त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी ७५ वटा दल सहभागी हुने भएका छन् ।जस अन्तर्गत वाग्मती प्रदेशसभा चुनावमा ७२ दलले भाग लिनेछन् भने प्रदेश १ मा ७०, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४/६४ दल सहभागी हुने भएका छन् । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४/४ वटा रहेको आयोगले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्