युक्रेन द्वन्दमा कूटनीतिक समाधानका प्रस्तावहरूको लागि रुस खुला रहेको रूसी विदेश मन्त्रालय अन्तर्गत सीआईएस देशहरूको दोस्रो विभागका प्रमुख एलेक्सी पोलिश्चुकले भने।
यधपी,उनले युक्रेनी समझौतामा पश्चिमले आफ्नो दृष्टिकोण परिवर्तन गर्ने अब कुनै आशा नभएको समेत बताएका छन्।
उनले,”वर्तमान कीभ नेतृत्व सबैभन्दा पहिले वाशिंगटन, लन्डन र ब्रसेल्सका कठपुतली भएको र उनीहरूले युक्रेनी संकटलाई बढाएर फाइदा लिएको बताएका छन्। उनका अनुसार पश्चिमाहरुले रुसलाई रणनीतिक पराजय दिने लक्ष्य हासिल गर्न मात्र युक्रेनको प्रयोग गरेको नभई युरोपीयन महाद्वीपीका आफ्ना प्रतिस्पर्धीहरूको अर्थतन्त्रलाई कमजोर बनाउने उपायहरू कार्यान्वयन गर्न समेत रुसलाई अराजक रुपमा प्रस्तुत गरेको बताएका छन्।
यधपी, रसिया सधैं राजनीतिक र कूटनीतिक विधिहरू मार्फत वर्तमान संकटलाई कसरी पार गर्ने भन्ने विषयमा साँच्चिकै ठोस प्रस्तावहरूको लागि खुला रहेको उनले बताएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्