पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश

  • नेपाल राष्ट्रिय दैनिक
  • २५ पुष २०८१, बिहीबार १८:५३
chhabi lal joshi

काठमाडौँ — सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई न्यायाधीश नीतिज राईको इजलासले ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

रवि लामिछाने गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक रहँदा पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा जोशी पनि नेटवर्कका सञ्चालकको रुपमा पक्राउ परेका थिए।

सूर्यदर्शन ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेसहित सातै जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । अदालतले लीला पछाईसँग ३७ लाख, राम खनालसँग १५ लाख, मीना गुरुङ र आरती गुरुङसँग ५/५ लाख र कृष्ण गुरुङसँग १ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

Share :
rabi lamichhane

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५