अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित: सयौं घर-परिवार विस्थापित

  • नेपाल राष्ट्रिय दैनिक
  • June 29, 2022
flood

सोमबार रातिदेखि परेको अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित बनेको छ भने सयौं घर-परिवार विस्थापित हुन पुगेका छन्।

अविरल वर्षापछि देशको पूर्वी क्षेत्रका विभिन्न नदीमा आएको बाढीले दुई हजारभन्दा बढी घर डुबानमा परेको छ भने सयौं घर परिवार विस्थापित हुन पुगेका छन्।झापामा हजारभन्दा बढी घर डुबानमा परेका छन् । लगातारको वर्षाले इटहरी नगरपालिकामा मात्र २ सय घर डुबानमा परेको छ भने अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । राजधानी काठमाडौँ लगायत देशका विभिन्न सहरहरुमा पानीको उचित निकाश नहुँदा सहरका मुख्य क्षेत्र नै डुबानमा परेका छन्। अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण देशका मुख्य राजमार्ग र सडकहरु अवरुद्ध बनेको छ भने नियमित हुने हवाई सेवाहरु पनि खराब मौसमको कारण प्रभावित भएको छ।

बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको भएपनि अविरल वर्षाको कारण खोलाको सतह बढेकोले खोला किनारका बस्तीहरुलाइ उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५