नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दाशानायकद्वारा राजीनाम

  • नेपाल राष्ट्रिय दैनिक
  • July 20, 2022
pubud dashanayak coach

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

व्यक्तिगत कारण देखाउँदै पुबुदले प्रशिक्षकबाट राजीनामा दिएको बताउंदै गर्दा, पछिल्लो समय राष्ट्रिय टिमको प्रदर्शन खस्कँदै गएको कारण क्रिकेट समर्थकहरुले प्रशिक्षक र कप्तान सन्दिप लामिछानेले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए।
पुबुदले करिब एक साता अघि इमेल मार्फत क्यानलाई राजीनामा पठाएका हुन्। नेपाल क्रिकेट संघ क्यानसँग दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका पुबुदुले ८ महिनामै राजीनामा बुझाएका हुन् ।

पुबुदुले सन् २०११ देखि २०१५ सम्म पहिलोपल्ट नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५