यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन

  • नेपाल राष्ट्रिय दैनिक
  • १५ श्रावण २०८१, मंगलवार १५:११
kp

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ’ भन्दै सरकारको विषयमा चिन्ता नगर्न आग्रह गरेका छन् ।

मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको भन्दै सरकारको विषयमा चिन्ता नगरी काम गर्न आग्रह गरेका छन्।

‘यो सरकार मेरो नेतृत्वमा २ वर्ष चल्ने हो, २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुन्न’, भन्दै त्यसपछिको सरकारको नेतृत्व काँग्रेस सभापति देउवाले गर्ने बताएका छन्।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५