जेलेन्स्कीसँग कुनै पनि सम्झौतामा हस्ताक्षर गर्ने वैधता छैन – पुटिन

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2025
russian president vladimir putin 1646498617

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका भ्लादिमिर जेलेन्स्कीले चाहेमा मस्कोसँग सम्भावित वार्तामा भाग लिन सक्ने तर कुनै पनि प्रकारको शान्ति सम्झौतामा हस्ताक्षर गर्ने वैधताको नभएको बताएका छन् ।

यदि जेलेन्स्कीले मस्कोसँग कुरा गर्ने इच्छा व्यक्त गरेमा मस्कोले उनीसंग वार्ता गर्छ कि गर्दैन भन्ने प्रश्नमा, पुटिनले वास्तवमा जेलेंस्किसंग कुनै पनि प्रकारको सम्झौता वा सन्धि गर्ने अधिकार नभएको र उनीसंग वार्ता गर्नुको कुनै कानुनी अर्थ नहुने बताएका छन् ।

राष्ट्रपतिको कार्यकाल आधिकारिक रूपमा मे २०२४ मा समाप्त भएको जेलेन्सकीले यसअघि रूससँग वार्ता गर्न निषेध गर्ने आदेश जारी गरेको स्मरण गराउंदै पुटिनले भने, “यद्यपि, युक्रेनी नेतृत्वले यस परिस्थितिबाट बाहिर निस्कने एउटा मुलधारको बाटो खोज्न सक्छ र युक्रेनको संसदले मात्र अब सम्झौता र वार्तालाई अगाडी बढाउन सक्छ। किनकि युक्रेनको संविधान अनुसार, युक्रेनका राष्ट्रपतिले, मार्शल ल अन्तर्गत पनि आफ्नो कार्यकाल बढाउन सक्दैनन् र जेलेन्स्किको पाँच वर्षे राष्ट्रपतिको कार्यकाल समाप्त भैसकेको छ।”

“यधपी जेलेन्सकीले वार्ता गर्न चाहेमा मा आफ्ना प्रतिनिधिहरुलाई त्यसको लागि तयार गराउन सक्छु तर कार्यकारी अधिकार वा कुनै पनि सम्झौतामा उनले हस्ताक्षर गर्न सक्दैनन् किनकि त्यो अवैधानिक हुन्छ र अब हुने कुनै पनि सम्झौता बैध हुनुपर्छ भन्ने मेरो भनाइ हो र सो सम्झौताले युक्रेन र रूस दुवैको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ”, उनले भने।

कुनै पनि सम्भावित शान्ति सम्झौता कानुनी दृष्टिकोणबाट मान्य र वैधानिक हुनुपर्छ र किभको वार्ता टोलीको अधिकार र वैधताको गहन छानबिन गरिनेछ र कानुनी विज्ञहरूको सम्पूर्ण टोलीद्वारा मूल्याङ्कन गरिनेछ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५