विश्व बैंकबाट १६ अर्ब अनुदान लिँदै नेपाल

  • नेपाल राष्ट्रिय दैनिक
  • March 26, 2023
61b44b5e29165 the world bank

काठमाडौं, चैत १२ : विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (करिब १६ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ ।

विश्व बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल सरकारको मुख्य विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम बराबरको अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । यो कार्यक्रम अघिल्लो विद्यालय क्षेत्र कार्यक्रम मा आधारित छ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले मानव पूँजीको विकासका लागि गुणस्तरीय शिक्षामा लगानी महत्वपूर्ण हुने बताए ।

यसले नयाँ सङ्घीय राज्यको महत्वाकांक्षा पूरा गर्न शिक्षाको गुणस्तर अभिवृद्धि र समतामूलक पहुँचको नेपाल सरकारको दृष्टिकोणलाई पनि सघाउने उहाँले बताउनुभयो । विश्व बैंकका अनुसार यो अनुदान कोभिड–१९ का कारण बन्द भएका विद्यालयको क्षतिलाई सम्बोधन गर्न, उपयुक्त कक्षाकोठा निर्माण गर्न र डिजिटल शिक्षाको सुदृढीकरणमा खर्च गरिने छ । यो छात्रवृत्ति कार्यक्रममा पनि प्रयोग गरिनेछ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५