ललिता निवास जग्गा प्रकरणमा पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान

  • नेपाल राष्ट्रिय दैनिक
  • August 14, 2023
lilamani poudel

काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँगको बयान लिइएको छ।

पौडेल पदमा रहँदा ललिता निवास जग्गासँग सम्बन्धित निर्णयहरू भएको भन्दै सिआईबीले बयान लिएको हो।

प्रहरी स्रोतका अनुसार आइतबार पौडेल बयान दिनका लागि सीआईबीको कार्यालय महाराजगन्ज पुगेका र दिनभरी सोधपुछ गरेपछि बेलुका फर्किएका हुन्।

पूर्व राजदूतसमेत रहेका पौडेल २०६९ साउन २२ गतेदेखि २०७२ साउन २१ गतेसम्म मुख्यसचिव रहेका थिए।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५