विधुत बढी भएको हल्ला फिँजाएर रणनीतिक महत्वका नदीनाला भारतलाई सुम्पिने सरकारको नीति

  • नेपाल राष्ट्रिय दैनिक
  • May 19, 2022
Seti July

आज संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै नेता रावलले नेपालका महत्वपूर्ण रणनीतिक नदीनाला विदेशीको हातमा सुम्पिने कुरा र पश्चिम सेती जलविध्युत आयोजना भारतलाई दिने भन्ने प्रधानमन्त्री देउवाको भनाइ मान्य नहुने बताउनुभएको छ।

नेता रावलले भन्नुभयो,”नेपालको सार्वभौमसत्तामा आधारित आत्मनिर्णयको अधिकारको धज्जी उडाउँदै हालै प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको चुनावी सभामा, भारत सरकारले चीनको लगानीमा उत्पादित विधुत नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती जलविधुत आयोजना भारतलाई सुम्पिनुपर्ने कूतर्क सार्वजनिक रुपमा गर्नु भएको छ “।

त्यसैगरी पश्चिम सेतीका साथै सरकारले अरुण चौथो जलविधुत योजना निर्माण गर्न भारतसँग सेयर बिक्री गर्ने निर्णय राष्ट्रिय हितविपरित भएको पनि बताउनुभएको छ।

वार्षिक ८०० मेगावाटसम्म भारतीय उर्जा प्रति युनिट ३२ रुपैयाँ खर्च गरी किन्नुपरेको अवस्थामा, देशमा विधुत बढी भएको हल्ला फिजाएर नेपालको रणनीतिक महत्वका नदीनाला विदेशीको हातमा सुम्पिने नीतिमा सरकार रहेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो। रावलले,उर्जा उत्पादन नेपालले स्वतन्त्र राष्ट्रका रुपमा गर्न नसक्ने भएको हो त भनेर प्रश्न समेत गर्नुभएको थियो ?
साथै उहाँले, विदेशी मुद्राको सञ्‍चिती घट्दो रुपमा रहंदा समेत राष्ट्रिय अर्थतन्त्रप्रति सरकार संवेदनशिल नभएको,
जनशक्तिको स्वदेशमै परिचालन गर्न सरकारको कुनै योजना नभएको,शिक्षामा वर्गीय विभाजन रोक्न सरकारले ध्यान नदिएको र कृषि उत्पादन र कृषि उत्पादकत्व बढाउने नीति सरकारको प्राथमिकतामा नपरेको पनि बताउनुभएको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५