पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने एमालेको माग: संसदमा सभामुखको रुलिङ

  • नेपाल राष्ट्रिय दैनिक
  • June 20, 2022
AgniSapkota1 800x450 1

आयल निगमले गए राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि,सरकारले यसको जवाफ दिनुपर्ने भन्दै एमाले सांसदहरुले संसद अवरोध गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ माग्दै संसद अवरोध गरेपछि, सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। सभामुख सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनसमक्ष सरकारलाई सत्य तथ्य पेश गर्न निर्देश दिनुभएको छ।

आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध देशभरका विभिन्न शहरहरुमा प्रदर्शन सुरु भएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५